सय किलो भनिएको सुनको परिणाम ६० केजी मात्रै

हिमशिखर सम्वाददाता काठमाण्डौ ३० श्रावण २०८०, मंगलवार १५:२०

सिनामंगलबाट बरामद सय किलो भनिएको सुनको परिणाम ६० केजी ७१६ ग्राम रहेको पाइएको छ।

गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकको टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले बताए।

मोटरसाइकलको ‘ब्रेक शु’मा हङकङबाट तस्करी गरी नेपाल ल्याइएको उक्त सुन यही साउन २ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

बरामद गरिएको उक्त सुन २९ दिनपछि ‘ब्रेक शु’बाट छुट्याएर तौलिएको हो। सुनको गुणस्तरबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसार जाँच गरेर एक हप्तापछि मात्रै सार्वजनिक गरिने विभागले जनाएकाे छ।

अहिलेसम्मकै ठुलाे परिणाममा भएकाे याे सुन तस्करीकाे अनुसन्धान सुरु राजस्व अनुसन्धान विभागले गरेकाे भएपनि हाल नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले गरिरहेकाे छ।

यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्।

याे सुन कसले नेपाल भित्र्याएकाे हाे भन्ने वास्तविकता अहिलेसम्म खुलेकाे छैन।

Next Post

प्रती लिटर पेट्रोलमा ५ र डिजेल मा १४ रुपैयाँ बढ्याे

३० श्रावण २०८०, मंगलवार १५:२०
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।