जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड तथा आगजनीको प्रयास गरेको छ।
घटनामा कम्प्युटर, ल्यापटप, सीसीटीभी, प्रोजेक्टरलगायतका डिजिटल उपकरणमा क्षति पुगेको छ भने कक्षा ११ का उत्तरपुस्तिका जलाउने प्रयास गरिएको विद्यालयले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




