जिल्लाको सिंजा गाउँपालिका-६ जोडुगाउँ बस्ने १२ वर्षिया रमिशा बुढा गत माघ ११ गतेदेखि हराइरहेकी थिइन्। १४ दिनदेखि बेपत्ता उनी बुधबार फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका-१ बाइराका गाउँबाट तातोपानी तर्फ आउँदै गरेको अवस्थामा उनी फेला परेकी हुन्।
‘बालीका हराएको भन्ने खबर प्राप्त भएदेखि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। १४ दिनपछि उनी सकुशल भेटिइन्’, प्रहरी प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिएका छन ।
प्रहरीले बालीकालाई बुधबार नै परिवारको जिम्मा लगाएको छ।
रमिशा गत माघ ११ घरबाट भेडा लिन जान्छु भनी भाडगाँउ तर्फ गएकी थिइन्। उनी साँझ सम्म घर नफर्किएपछि उनकी आमा बिष्नकली (रावत) बुढाले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएकी थिइन्।