जुम्ला: तिला गाउँ पालिका वडा नं ७ गाेठीगाउँमा आगलागि हुँदा ३० घर जलेर नष्ट भएकाछन। तिला गाउपालिका अध्यक्ष रतननाथ याेगीका अनुसार अहिलेसम्म आगाे नियन्त्रण गर्न नसकिएकाे र बाँकी १५ घर बचाउन स्थानीय बासिबाट आगाे नियन्त्रणमा लिन प्रयास भईरहेकाे छ ।
आगलागीबाट पशु बस्तु, अन्न कपडा सबै नष्ट भएकाे र एकिन क्षतिकाे विवरण नआईसकेकाेपनि अध्यक्ष याेगीले फेसवुक मार्फत जानकारी गराएकाछन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले आगलागी भएको जानकारी प्राप्त गर्न वित्तिकै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाएकाे जनाएकाेछ ।