सरकार इतिहासकै विवेकहीन भयाे:प्रचण्ड

हिमशिखर संवाददाता २८ चैत्र २०७७, शनिबार २०:२०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार विवेकहीन भएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका हुन्।

‘दुई तिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु बिडम्बना हो’, प्रचण्डले भने, ‘यो सरकार इतिहासकै विवेकहीन बनेको छ।’

 प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको आरोप लगाए। उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरेको आरोपसमेत लगाए।

प्रचण्डले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको बताए। फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प नभएको बताए। उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

Next Post

लोकतन्त्र संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने : पुर्वराष्टपति यादव

२८ चैत्र २०७७, शनिबार २०:२०
पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र संस्थागत गर्न अब कांग्रेसले सरकारको नेतृत्व लिएर अघि बढ्नुपर्ने बताएका छन् । मुलुकमा हरेक पटक राजनीतिक संकटको निकास पहिल्याउन कांग्रेसले भूमिका खेलेको बताउँदै अहिले पनि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको पुस्तक ‘यात्रा निरन्तर’ को शनिबार गैंडाकोटमा विमोचन गर्दै यादवले ‘नेपालमा लोकतन्त्रको […]