नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु

हिमशिखर संवाददाता १२ चैत्र २०७८, शनिबार १७:३७

नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। सिंहदरवारमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिबीच द्विपक्षीय वार्ता सुरु भएको हो।

द्विपक्षीय वार्तापछि विभिन्न परियोजनाहरुको सम्झौता पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Next Post

चीनिया विदेशमन्त्री र एमालेका अध्यक्ष ओली बीच भेटवार्ता

१२ चैत्र २०७८, शनिबार १७:३७
 नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषदका सदस्य एवं विदेशमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता शुरु भएको छ । भेटवार्तामा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई सहभागी हुनुहुन्छ ।