अज्ञात रोगले हिमा पाटनमा २३ भेडा मरे : किसान चिन्तामा

के .बि अछुत २७ जेष्ठ २०८१, आईतवार १६:१२

जुम्लाको हिमा गाउँपालिकाकाे नदैपाटनमा अज्ञात राेगले धमाधम भेडा मर्न थालेका छन् । अहिले सम्म एक महिनाकाे अबधिमा २३ वटा भेडा मरेका छन् । अज्ञात रोगले भेडा धमाधम मर्न थाले पछि यति बेला भेडा पालक किसान चिन्तामा रहेका छन् । जुम्लाको हिमा गाउँपालिका १ का किसान विरबहादुर शाहीका र १० वटा, कर्णबहादुर शाहीका ६ वटा, अकल शाहीकम ४ वटा, जिर शाहीका ३ वटा गरि

२३ वटा भेडा मरेकाे किसान वीर बहादुर शाहिले बताउनुभयो । उहाँका अनुसार हिमा गाउँपालिका नदैपाटन र ठाकुरपानीमा गरि ४ जना किसानका २३ वटा भेडा मरेकाे बताउनुभयो । उहाँले भन्नुभयो, भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने झोक्रराउने ,समस्या देखिएको छ । यो एक महिनाको अवधिमा २३ वटा भेडा मरिसकेका किसान शाहीले बताउनुभयाे ।

यहि हप्ताको ३ दिनभित्र करिब १० भेडा मरेका छन् । यता रोगको वारेमा के हो भन्ने बिषयमा जानकारी भएको छैन । हिमा गाउँपालिका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भएको बताउनुभयाे । उहाँका अनुसार औषधी सकिएको र स्थानीय तहमा खरिद गर्ने तयारी भईरहेको भईरहेकाले समस्य भएकाे बताउनुभयो । समयमै औषधी नपुग्दा समस्या भईरहेको किसानको गुनासो बढरिहेको छ । औषधी पशुअस्पताल तथा पशुसेवा कार्यालयमा माग गरिएको छ ।

भेडा मर्नथालेपछि अहिले भेडा कालाकाटिया तिर सारिएको किसानले जनाएका छन् । यता पशु अस्पताल तथा पशुसेवा कार्यालयले भेडाको रोग पत्ता लगाउन गाउँपालिकाले गर्यो भने आवश्यक औषधी पठाईदिने बताएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा शाखाको समन्वयमा रोगको पहिचान गरि उपचार गर्ने बताउनुभयाे ।

 

Next Post

सन्दीपले वेष्ट इन्डिजमा विश्वकपका दुई खेल खेल्ने

२७ जेष्ठ २०८१, आईतवार १६:१२
क्रिकेटर सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकपका दुई खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ  । क्यानका सचिव पारस खड्काले विज्ञप्ती निकाल्दै सन्दीपले विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल खेल्ने पक्का भएको जनाएका हुन् । नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ । त्यसअघि बुधबार बिहान श्रीलंकासँग […]