सन्दीपले वेष्ट इन्डिजमा विश्वकपका दुई खेल खेल्ने

के .बि अछुत २८ जेष्ठ २०८१, सोमबार ०९:३१

क्रिकेटर सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकपका दुई खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ  । क्यानका सचिव पारस खड्काले विज्ञप्ती निकाल्दै सन्दीपले विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल खेल्ने पक्का भएको जनाएका हुन् ।

नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ । त्यसअघि बुधबार बिहान श्रीलंकासँग हुने खेलका लागि सन्दीप टोलीमा हुने छैनन् । अमेरिकाले भिषा नदिएपछि उनी दुई खेलमा उपस्थित हुन पाएनन् ।

क्यानका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने छन् । उच्च अदालत पाटनले गत मे १५ मा बलात्कार मुद्धामा सफाइ दिएसँगै सन्दीपलाई टोलीमा समावेश गरेको थियो । सन्दीपलाई समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको सचिव खड्काले जनाएका छन् ।

Next Post

कर्णाली स्वास्थ्या बिज्ञान प्रतिष्ठान जुम्लामा ब्लड बैंक स्थापना हुने

२८ जेष्ठ २०८१, सोमबार ०९:३१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा ब्लड बैंक स्थापना हुने भएकाेछ । अमेरिका नेपाल मेडिकल फाउन्डेसनकाे १ कराेडकाे लगानीमा प्रतिष्ठानमा ब्लड बैंक स्थापना भएको हाे । जुम्लामा कुनै पनि सिकिस्त खालका बिरामी उपचारका लागि प्रतिष्ठानमा आएमा ब्लडकाे समस्य हुनेगरेकाे थियाे । अब अमेरिका नेपाल फाउन्डेसनकाे १ कराेड २३ लाखकाे […]