जुम्लाको तातोपानी गाँउपालिका-६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ। यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ।
पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको हो।
आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए। उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ।’
त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले सम्मान स्वरुप कपडा वितरण गरिएको बताए।
उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा बितरण गरिएको छ।



