संसद विगठनकाे विरोधमा जुम्लामा काँग्रेसकाे प्रदर्शन

रबि नेपाली १३ पुष २०७७, सोमबार २१:०८

नेपाली कांग्रेसले जुम्लाले संसद विघटनकाे विरोधमा जुम्लामा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीबाट सिफारिस भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्विकृत भएको संसद विघटनको विरोधमा पुस १३ गते विरोध सहित प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तरगत जुम्लामा विरोध कार्यक्रम आयोजना गरेको हाे ।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरू भएकाे ¥याली कृष्णमन्दिरमा पुगी कोणसभामा परिणत भएको थियाे

सभामा बाेल्ने अधिकांश बक्ताहरूले कम्यूनिष्ट ओली सरकारले संविधानको हत्या गरेको आरोप लगाएका छन् ।
नेता देवेन्द्र शाहीले बामपन्थीहरूले सरकार संचालन गर्न नसकेर संविधानमाथको “कु” गर्ने राम्रो नभएको भन्दै जुम्लाबाट निर्वाचित हुने नेताहरुले समेत चुनावको नारा नारामै सिमित राखेकोबताए । नेता शाहीले सर्वोच्चको फैसला अनुसार कांग्रेस अघि बढ्ने बताए ।
नेपाली कांग्रेस जुम्ला उपसभापति तथा पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले ओली सरकारले संविधानको हत्या गरेको बताए ।

कांग्रेस नेता तथा चन्दननाथ नगरपाकिाका मेयर कान्तिका सेजुवालले ओलीले संविधानको हत्या गर्ने थाहाँ पाएपनि प्रचण्ड नेपालले समयमै अविश्वासको प्रस्ताव ल्याउन नसकेर नराम्रो भूमिका खेलेको आराप लगाउदै अव वाम एकता टुटिसकेकाले नेपाली काँग्रेस उदाउने दावी गरेकिछन।

Next Post

संसद विघटनकाे विरोधमा नेकपा (प्रचण्ड माधब) समुहकाे जुम्लामा मशाल जुलुस (भिडियो सहित)

१३ पुष २०७७, सोमबार २१:०८
संसद विघटनकाे विरोधमा नेकपा (प्रचण्ड माधब) समुहले जुम्लामा मशाल जुलुस निकालेकाे छ । तत्कालिन नेकपा माअाेबादि केन्द्रकाे पाटी कार्यलय करेसाबारी बाट निकालिएकाे मशाल जुलसु राष्ट्रिय बाणिज्य बैक नजिकै पुग्दा शशस्त्र प्रहरीले आन्दाेलनकारी माथी बल प्रयाेग गरेकाे थियाे । साेमबार साझ जुम्ला बजारमा निकालिएकाे जुलस जिल्ला प्रशासन कार्यलय अगाडि पुगेर काेणसभामा […]