नेकपा, नेपाली कंग्रेस र जनता समाजबादी पाटीकाे केन्द्रीय समिति बैठक बस्दै

हिमशिखर संवाददाता ७ पुष २०७७, मंगलवार ०९:२२

नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी केन्द्रीय समिति पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ।

सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन्।

ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको समूहबाहेक नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ।

विरोध बढ्दै गएकोले यी दल विभाजनको संघारमा पुगेको बताइन्छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको छ।

उसले सोमबार नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेको थियो।

यी दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका छन्।

कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ।

जनता समाजवादीले बुधबार देशैभर प्रदर्शन गर्न लागेको छ।

थप कार्यक्रमबारे आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गरिने जसपाले जनाएको छ।

Next Post

आफूहरु नै वैधानिक भएको ओली समूहकाे दाबी

७ पुष २०७७, मंगलवार ०९:२२
काठमाडौं : नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ । आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र […]