आफूहरु नै वैधानिक भएको ओली समूहकाे दाबी

हिमशिखर संवाददाता ७ पुष २०७७, मंगलवार १३:५४

काठमाडौं : नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’

पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ ।

बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको तर जिम्मेवारी मात्र हेरफेर गरेको उनले बताए । बैठकले नेकपा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई दिएको छ ।

नेता ज्ञवालीले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबी गरे । बैठकको अध्यक्षता गरेका ओलीले निर्वाचनमा हामी एकताबद्ध भएर जानुपर्छ भनेर अपिल गरेको जानकारी पनि ज्ञवालीले दिए ।

नेकपामा अहिले विवाद आउनुमा कतिपयले विदेशी शक्तिको हात रहेको चर्चा चलिरहेको बेला नेता ज्ञवालीले त्यसलाई इन्कार गरे । उनले भने, ‘आफ्नो थैलोको मुख बलियो गरी बाँधौं अरुलाई दोष दिनुपर्दैन

Next Post

नेकपा अध्यक्ष ओलीलाई प्रचण्ड –माधव समूहको अनुसासनकाे कारबाहि ,नयाँ अध्यक्षमा माधब कुमार नेपाल

७ पुष २०७७, मंगलवार १३:५४
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –माधव समूहको केन्द्रीय कमिटी बैठकलेबैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाे आरा्पमा पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । यस्तै नेपाल […]