जुम्लामा हुरीले उडायाे विद्यालयकाे छाना

रबि नेपाली २१ चैत्र २०७७, शनिबार १३:५४

जुम्ला: तातोपानी गाउँपालिका ८ टोप्लामा रहेकाे श्री कालिका माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएकाे छ ।
बिहिबार विहान ११ बजे आएकाे हावाहुरीले विद्यालयकाे छाना उडाएकाे विद्यालयका प्र.अ मान बहादुर शाहीले जानकारी गराएकाछन ।

उक्त विद्यालयमा हाल आइएसी एजि पनि पढाइ हुने विद्यालय स्राेतले जनाएकाे छ ।

हावाहुरीले छाना उडाएपछिकाे विद्यालय फाेटाे: हिमिशखर अनलाइन

त्यसैगरी गाउँ नजिक खोलाको किनारमा रहेको कुटानीपीसानी मिलको पनि हावाहुरीले छाना उडाएको स्थानीय हरिबहादुर शाहीले बताए ।

Next Post

सुर्खेतमा झुन्डिएको अवस्थामा भेटिए २ किसाेरी

२१ चैत्र २०७७, शनिबार १३:५४
सुर्खेत:जंगलमा घाँस काट्न गएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । १४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले घर्तीले बताए । उनकाका […]