रवि लामिछानेले न्याय पाउनुपर्ने माग गर्दै जुम्ला प्रशासन अगाडी आत्मदाहको प्रयास

हिमशिखर संवाददाता १९ माघ २०७९, बिहीबार १७:५३

जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विहिबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जना यूवाले आत्महत्याको प्रयास गरेका हुन।

कोहलपुर नगरपालिका वडा नं. १०मा स्थायी घर भएका वर्ष ४० का गोर्कण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँँले भन्नुभयो,“नीज कार्कीे शरीरमा पेट्रोल खन्याई सकेर शरिरमा आगो लगाउने तयारीमा थिए । प्रशासनकै भवनको आँडमा भएकोले हामीले छिटै थाहा पाएनौ । तत्काल रोकेपछि मानवीय क्षती हुनबाट भने जोगियो ।”

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाईटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन् ।

आत्मदाहको कारणबारे खुलाउदै कार्कीले भन्नुभयो,“यो देशमा जताततै भ्रष्टाचार छ । अनियमितता छ । भ्रष्टचार रोक्नु,देशलाई परिवर्तन गर्छु भन्ने रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु । त्यसैले मर्ने निधो गरेको हुँ ।”

कार्कीलाई कर्णाली प्रतिष्ठानका प्रशासकिय अधिकृत द्धोन्द्ध बहादुर शाहीको जिम्मा लगाइएको डिएसपी चन्दले कर्णाली पोष्टलाईलाई जानकारी दिनुभयो । पुर्वगृहमन्त्री रविलामिछाने नागरिकता विबादका कारण पदमुक्त भएका छन् ।

Next Post

सन्दिप लामिछानेविरुद्धको मुद्दाको सर्वोच्चमा पेशी, के होला निर्णय ?

१९ माघ २०७९, बिहीबार १७:५३
क्रिकेटर सन्दिप लामिछानेबिरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुदैछ। नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो। जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो। गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु […]