सन्दिप लामिछानेविरुद्धको मुद्दाको सर्वोच्चमा पेशी, के होला निर्णय ?

हिमशिखर संवाददाता २० माघ २०७९, शुक्रबार १०:२९

क्रिकेटर सन्दिप लामिछानेबिरुद्धको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुदैछ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो। जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो।

Next Post

माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजेबाट

२० माघ २०७९, शुक्रबार १०:२९
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ। समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसके पछि शनिवार १ बजे […]

सम्बन्धित समाचार