माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजेबाट

हिमशिखर संवाददाता २१ माघ २०७९, शनिबार ०८:४२

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो।

रास्वपाले बिहिबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिबार अर्थात आज १ बजे बोलाईएको हो।

बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।

Next Post

पुरानो बानेश्वरमा छोरीको हत्यापछि बुबा गरे आत्महत्या

२१ माघ २०७९, शनिबार ०८:४२
काठमाडौंको पुरानो बानेश्वरमा सात वर्षीया छोरीको हत्या गरेपछि बुबाले पनि आत्महत्या गरेका छन्। रामेछापको खाँडादेवी स्थायी घर भइ हाल बानेश्वरमा फार्मेसी सञ्चालन गर्दै आएका किशोर भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेका हुन्। छोरीको घाँटी रेटेर हत्यापछि भणरीले पनि पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ।