अदालतप्रति भरोसा छ : प्रचण्ड

हिमशिखर संवाददाता १० पुष २०७७, शुक्रबार १५:०९

काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधानको मर्म र भावना, जनभावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।’

तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको उनले बताए । आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि प्रचण्डले बताए ।

Next Post

नेकपाकाे कुन जिल्ला अध्यक्ष कसको पक्षमा ?

१० पुष २०७७, शुक्रबार १५:०९
नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला-जिल्लामा नेकपा कार्यकर्ता अहिले आफ्नो समूहका लागि पार्टी कार्यालय कब्जा गर्ने हाेडमा छन् । ७७ मध्ये तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीकाे भागमा ३३ जिल्लाकाे नेतृत्व परेकाे थियो । अहिले पार्टी विभाजन हुँदा प्रदेश १ का १४ जिल्लाका अध्यक्षमध्ये छ जना ओली […]