मतपरिणाम बदर गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

महेश चाैलागाँई २८ मंसिर २०७९, बुधबार ०८:२५

सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै हिजाे रिट निवेदन दायर गर्नुभएको छ।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाइएको छ ।

Next Post

रवि लामिछानेलाई सां‌सदका रूपमा सपथ नगराउन सर्वोच्चमा रिट

२८ मंसिर २०७९, बुधबार ०८:२५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यका रूपमा सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार लामिछानेको नागरिकता विवाद रहेको भन्दै उनलाई सपथ नगर्न नगराउन माग गर्दै रिट परेको हो। बुधबार युवराज लामिछानेले उक्त रिट दर्ता गरेका हुन्।रवि लामिछानेको नागरिकता र पासपोर्टको विषयमा जिल्ला प्रहरी […]