२४ घन्टामा देशभर ६ सय तीनजनामा कोरोना संक्रमण

हिमशिखर संवाददाता २ बैशाख २०७८, बिहीबार १४:५५

४ हजार ५६ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । बुधबार देशभर ८० संक्रमित आइसियू र २५ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ६४ पुगेको छ । जसमध्ये दुई लाख ७४ हजार चार सय ४७ निको भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ सय तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूमध्ये २३ जना नाकामा गरिएको एन्टिजेन परीक्षणमा पजिटिभ देखिएका हुन् । संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

बुधबार चार हजार दुई सय ८९ जनाको पिसिआर टेस्ट गरिएको थियो । जसमध्ये पाँच सय ८० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका चार सय ५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमध्ये २३ जनाको रिपोर्ट पजिटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार संक्रमण देखिएकामध्ये दुई सय ५४ जना उपत्यकाका छन् । काठमाडौंका एक सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको छ ।

हाल देशभर चार हजार ५६ जना सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । बुधबार देशभर ८० संक्रमित आइसियू र २५ को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ६४ पुगेको छ । जसमध्ये दुई लाख ७४ हजार चार सय ४७ निको भइसकेका छन् । अहिलेसम्म संक्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भइसकेको छ ।

Next Post

स्वास्थ्य मन्त्रालयको ८ बुँदे अनुरोध : तोक्यो अति प्रभावित १४ जिल्ला

२ बैशाख २०७८, बिहीबार १४:५५
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले आठ बुँदे अपील गरेका हुन्। मन्त्रालयले अति प्रभावित भनेर १४ जिल्लाको नामसमेत सार्वजनिक गरेको छ। काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, […]