रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त

हिमशिखर संवाददाता १८ असार २०८२, बुधबार ०८:३६

रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको पाइएको छ।

टिकटकमा भाइरल भिडियोहरूमा सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी कार्य गरेको देखिएको नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीले बताए।

यस्ता कार्य नेपालको प्रचलित कानुनअनुसार नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउँछने नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य भुमेश काफ्लेले बताए।

उनका अनुसार गैरप्रमाणित व्यक्तिबाट यस्ता सेवा प्रदान गर्दा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्ने दन्त चिकित्सकहरूले चेतावनी दिएका छन्।

अनैतिक र गैरव्यावसायिक अभ्यासले दाँत र मुखको स्वास्थ्यमा दीर्घकालीन क्षति पुग्ने सम्भावना छ।

स्थानीय प्रशासन र सम्बन्धित निकायले यस्ता गतिविधिमाथि अनुगमन गरी कारबाही गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।

Next Post

मर्यादित महिनावारीका गतिविधिमा पुजरताजकी

१८ असार २०८२, बुधबार ०८:३६
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा राधा फाउण्डेशन र साझेदारी सहयोग केन्द्र(पेस नेपाल) जुम्ला द्धारा सचालित यौन तथा प्रजनन् स्वास्थ्यका लागी मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत मर्यादित महिनावारी सम्वन्धी गरिएका गतिविधिको पुरताजकी तालिम गरिएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको समउपस्थित तथा पेस नेपालका कार्यक्रम प्रमुख हेमराज भट्टको सहजिकरणमा उक्त पनरताजकी […]

सम्बन्धित समाचार