मर्यादित महिनावारीका गतिविधिमा पुजरताजकी

शंकर प्रसाद उपाध्याय १८ असार २०८२, बुधबार ०९:१६

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा राधा फाउण्डेशन र साझेदारी सहयोग केन्द्र(पेस नेपाल) जुम्ला द्धारा सचालित यौन तथा प्रजनन् स्वास्थ्यका लागी मर्यादित महिनावारी कार्यक्रम अन्तर्गत मर्यादित महिनावारी सम्वन्धी गरिएका गतिविधिको पुरताजकी तालिम गरिएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको समउपस्थित तथा पेस नेपालका कार्यक्रम प्रमुख हेमराज भट्टको सहजिकरणमा उक्त पनरताजकी गरिएको थियो ।

कार्यक्रम आमा समुह,युवा क्लव,बुवा समुह तथा बाल क्लवका पदाधिकारीहरुको उपस्थितमा संचालित तालिम समुदायमा कुप्रथाकोरुपमा रहेको महिनावारी विभेद अन्त्य गर्न,महिनावारी लाई मर्यादित बनाउन, महिनावारी स्वच्छतालाई पुर्ण व्यवस्थापन गर्न सरोकारवाला,समुह तथा क्लवले जनचेतनामुलक कार्यक्रम गर्ने सम्वन्धी व्यापक छलफल भएको हो ।

छलफलका क्रममा घर,घर र समुदाय लाई मर्यादिन महिनावारी भएको सुनिश्चीत गर्न आफ्ना कार्यक्रमलाई प्रभावकारी संचालन गर्नुपर्नेमा सहभागी प्रतिवद्ध भएका छन ।

उक्त तालिममा सहजिकण गर्दै पेस नेपालका कार्यक्रम प्रमुख हेमराज भट्टले भन्नुभयो महिनावारीको समस्या हाम्रो समुदायमा रहयको छ,यसले महिला तथा बालबालिकाको संरक्षणमा नकारात्मक असर परेको देखिन्छ । यस विभेदलाई अन्त्य राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस भएको छ अब कानूनमा समेत कडाई भएर आउने छ र अन्त्य गर्न सहज हुने छ ।

कार्यक्रममा उपस्थित गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भन्नुभयो अव गाउँपालिका महिनावारी विभेद अन्त्य गर्न मर्यादिन महिनावारी बनाउन संस्था पेस नेपालले ल्यायको कार्यक्रममा थप सहकार्य गरी मर्यादित महिनावारी गाउँपालिका बनाउन काम गर्ने छ । महिनावारी विभेदको अन्त्य हुन नै समाज एक विकासमा अगाडी बढ्नु हो । यस कार्यलाई हामी निरन्तरता दिने छौ ।

Next Post

चन्दननाथ वडा नं १ काे सार्वजनिक सुनुवाइ सम्पन्न

१८ असार २०८२, बुधबार ०९:१६
चन्दननाथ नगरपालिका वडा नं. १  को वडास्तरीय सार्बजनिक सुनुवाई बिहीबार सम्पन्न भएको छ । वडाको आ.व. २०८१/८२ को बाषिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम  जेष्ठ  नागरिकनन्द कृष्ण  गुरुङको सभापतित्वमा सम्पन्न भएकाे स्राेतले जानकारी दिएकने छ । कार्यक्रममा वडा अध्यक्ष तिलक प्रसाद न्यैपानेले चालू आ .बमा ५३ लाख काे भाैतिक तथा […]

सम्बन्धित समाचार