चन्दननाथ नगरपालिका वडा नं. १ को वडास्तरीय सार्बजनिक सुनुवाई बिहीबार सम्पन्न भएको छ । वडाको आ.व. २०८१/८२ को बाषिक सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम जेष्ठ नागरिकनन्द कृष्ण गुरुङको सभापतित्वमा सम्पन्न भएकाे स्राेतले जानकारी दिएकने छ ।
कार्यक्रममा वडा अध्यक्ष तिलक प्रसाद न्यैपानेले चालू आ .बमा ५३ लाख काे भाैतिक तथा आर्थिक प्रगति प्रतिवदन प्रस्तुत गरेका थिए ।
वडा अध्यक्षकाे प्रतिवेदनमा स्थानीय वासिले ढल, सडक, खानेपानी, विद्युत , सरसफाइको उचित व्यवस्थापन बारे उनीहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्थानीयवासी राजनीति दल , पत्रकार तथा नागरिक समाजका अगुवाहरूकाे सहभागीता रहेकाे थियाे ।