जुम्लाको काँचो स्याउ बजारमा जान थालेपछि रोक्न सिफारिस अनिवार्य

महेश चाैलागाँई १८ श्रावण २०८०, बिहीबार ०९:४७

जुम्लाको काँचो स्याउ बजारमा गएपछि यसलाई रोक्न सिफारिस अनिवार्य गरिएको छ । जनप्रतिनिधि, स्याउ उत्पादन गर्ने किसान, व्यापारी तथा जिम्मेवार कार्यालयका प्रमुखको सर्वदलीय बैठक बसेर स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बजारमा लैजाने निर्णय भएको हो ।

व्यापारीले स्याउ खरिद गर्दा कृषि कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । जुम्लाका केही पालिकाबाट काँचो स्याउ साउनको पहिलो हप्ता नै सुर्खेत बजारमा पुगेपछि स्याउको गुणस्तरबारे गुनासो आएको छ ।

स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न आठवटै पालिकालाई निर्देशन दिएको जिसस प्रमुख आर्चायले बताउनुभयो । उहाँका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसविना नै निर्यात गर्न नपाइने निर्णय भएको छ ।

काँचो स्याउ नै स्थानीय व्यापारीले खरिद गर्न थालेपछि रोक लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । पूर्णरुपमा पाकेको, परिपक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

जुम्लामा अहिले चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको तथ्याङ्क छ ।

Next Post

केदारनाथ गाैरिकुण्डकाे पहिराेमा जुम्ला पातारासीका झण्डै डेढ दर्जन बढि स्थानीय बेपत्ता !

१८ श्रावण २०८०, बिहीबार ०९:४७
छिमेकी मुलुक भारतकाे उत्तराखण्ड प्रदेश अन्तर्गत केदारनाथकाे फेदकाे गाैरीकुण्डमा व्यापार गर्दै आएका जुम्ला पातारासि गाउँपालिकाका झण्डै २०/२५ जना बेपत्ता भएका छन्। भारतकाे बद्रिनाथमा रहेका गुठचाैर ३ निवासी काली बहादुर परियारले दिएकाे जानकारी अनुसार गाैरीकुण्डमा नेपालीले सञ्चालन गरेकाे हाेटलमा पातारासिका २०/२५ जना बसिरहेको अवश्थामा गएराति पहराे खसेर बेपत्ता भएका हुन्। हाल […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।