केदारनाथ गाैरिकुण्डकाे पहिराेमा जुम्ला पातारासीका झण्डै डेढ दर्जन बढि स्थानीय बेपत्ता !

महेश चाैलागाँई १९ श्रावण २०८०, शुक्रबार १४:४२

छिमेकी मुलुक भारतकाे उत्तराखण्ड प्रदेश अन्तर्गत केदारनाथकाे फेदकाे गाैरीकुण्डमा व्यापार गर्दै आएका जुम्ला पातारासि गाउँपालिकाका झण्डै २०/२५ जना बेपत्ता भएका छन्। भारतकाे बद्रिनाथमा रहेका गुठचाैर ३ निवासी काली बहादुर परियारले दिएकाे जानकारी अनुसार गाैरीकुण्डमा नेपालीले सञ्चालन गरेकाे हाेटलमा पातारासिका २०/२५ जना बसिरहेको अवश्थामा गएराति पहराे खसेर बेपत्ता भएका हुन्।
हाल सम्ममा सबैकाे अवश्था अज्ञात रहेकाे उनले बताएका छन्।
नदिमा खाेजिकार्य जारी रहेपनि कसैकाे पनि शव नभेटिएकाे उनले बताएका छन्। उत्तराखण्ड प्रशासन रूद्रप्रयाकलाई बुझ्दा कसैकाे पनि लास नभेटिएकाे जानकारी दिएका  छन्।
यता जिल्ला प्रशासन कार्यालय जुम्लामा पनि याे खबर पुगेकाेले घटना बारे यथेष्ट जानकारी लिने काम भइरहेकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताएका छन्।
पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले घटनाबारे प्रशासनलाई जानकारी गराएकाे प्रजिअ घिमिरेले बताएका छन्। घटना बारे मन्त्रालयमा समेत खबर गरिएकाे र थप जानकारी बटुल्ने काम भइरहेकाे उनकाे भनाइ छ।

Next Post

गौरीकुण्ड पहिरामा बेपत्ता नेपालीको खोजी कार्य जारी

१९ श्रावण २०८०, शुक्रबार १४:४२
भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ। सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, […]