झापामा एमाले अध्यक्ष ओलीमाथि ढुंगा प्रहार

हिमशिखर सम्वाददाता काठमाण्डौ १३ बैशाख २०८०, बुधबार १८:२९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ। झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो।

ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर कोशी नामकरणा खारेजीको माग गर्दै आन्दोलनरत पक्षले प्रदर्शन गरेपछि झडपसमेत भएको छ।

प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

ओली सहभागी कार्यक्रमा जान खोज्दा उनीहरूलाई प्रहरीले रोकेको थियो। त्यस क्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए। यस्तै पहिचानवादीहरूले उनलाई कालो झण्डा देखाउने प्रयाससमेत गरेका छन्।

Next Post

जुम्लाको तातोपानीमा सकेट बम भेटियो

१३ बैशाख २०८०, बुधबार १८:२९
जुम्लाको तातोपानी गाउँपालिका -४ गाैतमबाडामा बम भेटिएको छ । स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा राखेकाे स्थानमा सकेट बम भेटिएको हाे । दिउँसो ४ बजे स्थानीयले सकेट बम देखेपछि प्रहरी चौकी हाँकुलाई खबर गरेका थिए । अहिले बम भेटिएको स्थानमा सुरक्षाका लागि प्रहरी चाैकी हाँकुका प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वको टाेली खटिएको […]