जेलरकाे मिलाेमत्ताेमा कारागारमा अनियमितता गरेकाे भन्दै कैदीबन्दीद्वारा तालाबन्दी ।।

महेश चाैलागाँई १० मंसिर २०८०, आईतवार २१:१०

जिल्ला कारागार कार्यालय जुम्लामा विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुले विभिन्न १४ बुदे माग राख्दै जिल्ला कारागार कार्यालयमा तालाबन्दि गरेका छन् । विभिन्न समयमा कैदीबन्दिहरूले राखेका मागहरू जिल्ला कारागार कार्यालयले माग पुरा नगरेको भन्दै उनिहरूले कारागारमा तालाबन्दि गरेका हुन् । विगत केहि समययता विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरुसले मासिक कैदीबन्दिहरूका लागि आउने रकमको स्पष्टीकरण, सिधा खर्च वापत आएको रकम पाउनु पर्ने लगायतका विभिन्न १४ वटा मागहरू राख्दै जिल्ला कारागार कार्यालयमा तालाबन्दि गरेको जिल्ला कारागार कार्यालय जुम्लामा लागु औषत्र मुद्धामा कैद भुक्तान गरी रहनु भएका रमेश कुमार शाहीले गुनासो गर्नुभयो । उहाँका अनुसा जिल्ला कारागार कार्यालयमा कैदीबन्दिले माग पुरा नगरेको भन्दा ताला लगाए पछि ताला खुलाउने विषयमा शुक्रबारका दिन बसेको बैठकमा आर्थिक हिनामिना गरेको, जेलरको चलखेलमा आउटर बनाएको, सहि समयमा विरामी उपचारका लागि नलिने,औषधि उपचार बापतको बिल भूक्तानिको पैसा नपाएको लगायतका मागहरू कैदिबन्दिले राखी ताला बन्दी गरेको शाहीले बताउनुभयो । उक्त बैठकमा जेलरको मिलेमत्तोमा चाडपर्वको समयमा जाँड रक्सी, जुवा तास लगायतका अन्य बिकृतीहरु संचालनमा आएको, समयावधि पुगिसक्दा पनि चौकिदार लगायत अन्य पदको आधिकारिक पत्र नल्याएको लगायतका माग राखिएको छ । कार्यालयका कुरामा ध्यान नदिएको र सुरक्षाकर्मीको मिलोमत्तोमा कारागारका चौकीदार र आउडरहरु जात्राको समयमा बिभिन्न बाहाना पारि राती केटि भेट्न जाने गरेको समेत कैदीबन्दीहरुले आरोप लगाएका छन । कैद भुक्तान गरीरहनु भएका रमेश शाहीका अनुसार चौकीदार र जेलरको मिलोमत्तोमा बिभिन्न समयमा बन्दीगृह भित्र जाँड रक्सि छिर्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो आफुहरुले राखेको १४ वटा माग आन्तरीक प्रशासन र कारागार कार्यालयले पुरा नगरे पुर्न तालाबन्दी गरीने चेतावनी समेत दिनुभएको छ । एता जिल्ला कारागार कार्यालय जुम्लाका जेलर गया प्रसाद पाण्डेका अनुसार आफुमा माथि लगाईएको आरोप सबै झुटा भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार आफ्नो मिलामत्तोमा कुनै पनि कार्य नभएको र बन्दीप्रत्याक्षी गृहमा रहेमा बन्दी बन्दीहरुका सम्बोधन गर्न मिल्ने खालका माग १५ दिनमा सम्बोधन गरीने बताउनुभयो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी दत्त बहादुर हमालका अनुसार कैदीबन्दीहरुले राखेका माग सम्बन्धी गम्भीर रहेको बताउनुभयो । उहाँका अनुसार कारागार कार्यालय जिल्ला प्रशासनको माताहतमा चल्ने भएकाले आफु खुसि कुनै पनि अनैतिक कार्य गरेको भए कारर्वाही गरीने समेत चेतावन िदिनुभयो । उहाँले भन्नुभयो शुक्रवार बसेको बैठकले १५ दिन भित्र माग पुरा गरीने भन्ने कुरा अझ चाँडो सम्बोधन गर्न तर्फ लाग्ने बताउनुभो । शुत्रवार कैदीबन्दीहरुले गरेको तालाबन्दीका बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी, कारागार कार्यालयका जेरल, आन्तरीक प्रशासनका चौकीदार र तालाबन्दी गर्ने केही कैदीबन्दीहरुको सहकार्यमा १५ दिन भित्र माग पुरा गर्ने सहमतीमा लगाईएको ताला खुलाइएको छ ।

Next Post

पत्रकार नेपालीद्धारा पत्रकार द्धय शाहीका विरुद्ध बेइज्जती मुद्दा दर्ता

१० मंसिर २०८०, आईतवार २१:१०
पत्रकार महेश नेपालीले जुम्लाका दुईजना पत्रकारका विरुद्ध बेइज्जती मुद्दा दायर गर्नु भएको छ । जिल्ला अदालत जुम्लामा मंगलबार पत्रकार नेपालीले पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रवहादुर शाही र महिला जागरणका अध्यक्ष दिलमाया शाहीका विरुद्ध बेइज्जती मुद्दा दायर गर्नु भएको हो । नेत्र बहादुर शाहीले मिति २०८० साल कार्तिक १ गते बेलुका […]