कालिकाेट : तिलागुफा नगरपालिका – ४ राँचुलिकाे दलित वस्तिमा भिषण आगलागि भएकाे छ ।आगलागिबाट ४ घर जलेर नष्ट भएकाे जिल्ला जिल्ला प्रहरी कार्यालय कालिकाेटका डि एस पि चन्द्र बहादुर शाहले बताए ।
शाहका अनुसार, विहान ६ वजेकाे समयमा स्थानिय एक घरकाे चुलाेमा बालेकाे आगाे घरमा सल्किदा छिमेकि तीन घर आगाे सल्केर नष्ट भएकाहुन।

जलेका ४ घरमा ११ परिवार वस्दैआएकाे वुझिएकाे छ । आगलागीबाट गाेठमा रहेकाे एक गाई र बाछाे मरेकाछन भने कुनै मानविय क्षति भएकाे छैन ।
भाैतिक क्षतिकाे बिवरण निकाल्न नसकिएकाे प्रहरीले प्रमुख शाहले बताए । पुराना काठै काठले बनाएका राँचुलिका घरहरू आगलागीकाे जाेखिममा छन । नगरपालिकाले, गत वर्षमात्र खरका छानामुक्त नगरपालिका बनाउने घाेषण गरेपनि अहिलेसम्म छानमुक्त हुन सकेकाे छैन ।