तिन बुँदे सहमति कार्यान्वयन गर्न विप्लव नेकपाकाे सरकारलाई ध्यानाकर्षण

हिमशिखर संवाददाता २१ असार २०७८, सोमबार ०६:५२

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफुहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सहमति कर्यान्वयनका लागि ध्यानाकर्षण गराइएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री ओलीले पनि तीन बुँदे कार्यान्वयनमा आफू गम्भीर रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता विश्वकर्मासहित सचिवालय सदस्य धमेन्द्र बास्तोलासमेत बालुवाटार पुगेका थिए भने सरकारको तर्फबाट तत्कालीन वार्ता टोलीका संयोजक रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए ।
डेढ घण्टा भएको छलफलमा आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको विश्वकर्माले जानकारी दिए । ‘हामीले १० दिनभित्र बन्दी कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताक काम टुंग्याउनुपर्छ भनेका छौं’, प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रवक्ता विश्वकर्माले भने, ‘हामीले सहमति कायान्वयनमा ढिलाइ भएको बारे अवगत गरायौँ । उहाले गम्भीर नै छु भन्नु भयो । अब कडाइका साथ १० दिनमा सहमति कार्यान्वयनका लागि राजनीतिक र संवैधानिक पहल गर्न भनेका छौं । त्यसका लागि प्रधानमन्त्रीले आफू गम्भीर रहेको र पहल गर्ने जवाफ दिनु भएको छ ।’

Next Post

सानिमा लाईफ इन्स्योरेन्सले गर्याे १० लाख १० हजारकाे मृत्युु दावी भुक्तानी

२१ असार २०७८, सोमबार ०६:५२
सानिमा लाईफ इन्स्योरेन्सले १० लाख १० हजारकाे मृत्युु दावीभुक्तानी गरेकाेछ । बाँकेका शिक्षक हरिभक्त राेकायाकी धर्मपत्नी मिना कुमारी बुढालाई १० लाख १० हजार मृत्युु दावी भुक्तानी गरेकाे हाे । शिक्षक राेकायाले अघिल्लो बर्षकाे साउनमा सानिमा लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखामा रू ५ लाखकाे जिवन बिमाकाे प्रथम बिमा शुल्क बापत रू ३६ […]