प्रथम अमृत स्मृती खुल्ला पुरुष फुटबलको फाइनलमा लेकाली यूवा क्लव र जनसेवा यूवा क्लव बीच हुने भएकाे छ। आज भएकाे सेमिफाइनल खेलमा जनसेवाले भैरवनाथ युवा क्लबलाई हराएको थियो। खेल अवधीभर दुबै कल्बले १/१ गोल गरेका थिए । पेलान्टी सुट आउटमा जनसेवाले भैरवनाथलाई हराएको हो।
त्यस्तै दोर्सों खेल फोईकालिका र लेकाली यूवा क्लव बीच भएको थियो। खेल अवधिभर कुनै कल्बले गोल गर्न सकेका थिएनन्। खेल पेनाल्टी सुट आउटमा गएको थियो। सो खेलमा लेकाली यूवा क्लवले फोइकालिकालाई हराउँदै सेमिफाइनलमा पुगेको हो।
मङ्सिर ४ गते १ बजे लेकाली युवा क्लब र जनसेवा युवा क्लब बीच फाइनल खेल हुने भएकाे आयोजकले बताएको छ।