प्रथम अमृत स्मृती खुल्ला पुरुष फुटबलको उपाधि जनसेवा यूवा क्लवले हात पारेको छ। आज भएकाे फाइनल खेलमा जनसेवाले आयोजक लेकाली यूवालाई हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
खेल अवधीभर दुबै टिमले गोल गर्न नसकेपछि खेल पेलान्टी सुट आउटमा गएको थियो। पेलान्टी सुट आउटमा जनसेवाले लेकालीलाई हराएको थियो। प्रथम हुने जनसेवाले ८५ हजार राशी, मेडल ,कप र प्रमाणपत्र प्राप्त गरेको छ। लेकाली युवा क्लबले उपविजेतामा छ। उपविजेता लेकालीले ३५ हजार राशी, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विगतमा जुम्लामा हुने फुटबल खेल धादली हुने गरेकोमा यतिबेलाको खेल शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोजक लेकालीले बताएको छ।