निर्वाचन आयोगले बोलायाे चैत २२ गते सर्वदलीय बैठक

हिमशिखर संवाददाता १५ चैत्र २०७८, मंगलवार २२:५१

निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोग स्रोतले जनाएको छ।

यो बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । तर आचारसंहिता यसअघि नै अन्तिम रुप दिइसकेको छ ।

स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गराउने आयोगको कार्यतालिका रहेको छ ।

Next Post

जुम्लाकाे नराकोटमानेकपा एकीकृत समाजवादीकाे कार्यकर्ता भेला सम्पन्न

१५ चैत्र २०७८, मंगलवार २२:५१
नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाले सिँजा गाउँपालिकाको नराकोटमा कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यकर्ता भेलालाई सम्बाेधन थर्दै एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज देविलाल थापाले निर्वाचन केन्द्रीत कार्यक्रमलाई घनिभुत बनाउन निर्देशन दिए । कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा शहरी विकासमन्त्री पदमबहादर रोकायाले एकीकृत समाजवादी पार्टीले […]