चन्दननाथ नगरपालिका नगर बाल संजालले २६ बुदे माग पत्र पेश गरेकाे छ । बालबालिकाकाे अधिकारलाई नगरपालिकाले सम्बाेधन नगरेकाे बालबालिकाले गुनासाे गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ मा बालबालिकाका लागि बजेटकाे व्यवस्थापन गर्न नगर बाल संजालले २६ बुदे मागपत्र नगरपालिकाकाे कार्यालयमा बुझाएकाे हाे ।
बालबालिकाका हक,अधिकारलाई कार्यनयन गर्न नगरापलिकाले आगामी आर्थिक वर्ष २०८०/०८२ मा बजेटकाे व्यवस्थापन गरिदन नगर बाल संजालका पदाधिकारी मिलेर २६ बुदे माग पत्र पेश गरिएको हाे । नगरपालिकामा रहेका बालबालिकाका सबाल र समस्या लाई समाधान गर्नका लागि बजेटकाे व्यवस्थापन गर्न मागपत्र पेश गरिएकाले नगर बाल संजालका अध्यक्ष गाेकर्ण सुनारले बताउनुभयो ।
उहाँका अनुसार प्रथामिकता एक प्रथामीकता २ र ३ नम्बर गरि मागपत्र पेश गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो, प्रथामिकता १ मा बाल बिवाहा, लागू अाैषध दुब्यसनी, जातीय भेदभाव, हिंसा, छाउपडी, मानव बेचबिखन बिरूद्व बस्ती बस्तीमा सन्देशमुलक सडक नाटक, घरदैलाे अभियान तथा सचेतनामुलक कार्यक्रम संचालन तथा नितिगत निर्णय गर्नका लागिलपालिका सँग पहल गर्ने, पालिकामा रहेका प्रत्यक बिद्यालयमा अनुगमन तथा बालमैत्री खानेपानी धारा निर्माण र छात्र,छात्राकाे छुट्टाछुट्टै शाैचालयकाेल व्यवस्था गरिनुका साथै स्यानिटरी प्याड डिस्पाेज गर्ने स्थान निर्माण तथा व्यवस्थापन गर्नकाे लागि माग गरेका छन् ।
यस्तै बिद्यालय बाहिर रहेका विपन्न बालबालिकालाई विद्यालयकाे पहुँचमा ल्याउन पठनपाठन देखि पाेशाक खर्च दिने, जीवन उपयाेगी हुने खालका सिपकाे व्यवस्था गर्ने, बाल संजाल र बालक्लबलाई नेतृत्व बिकास,शुुसासन,नीति र नैतिकता सम्बन्धि तालिमकाे व्यवस्था गरिनु पर्ने, समुदायमा आर्थिक अभावले बिद्यालयकाे पहुँचमा पुग्न नसकेका तथा बिचमै बिद्यालय छाडेका असाहय, अपांगता भएका, टुहुरा, अतिविपन्न, दलित परिवारका बालबालिकाहरूकाे उत्थान र शैक्षिक पहुँच विस्तारका लागि छात्रवृत्ति दिने अब पालिकाले ल्याउनु पर्ने,बालश्रम अन्य गर्न नितिगत व्यवस्था गरि कार्यनयन गर्नका लागि पालिकामा पहल गरिनु पर्ने माग राखेका छन् ।
बालबालिकामा रहेकाे आचरण सुधारका पालिका स्तरमा आफ्नै आचारसंहिता निर्माण गरि कार्यनयन गर्न पहल गर्ने जस्ता २६ वटा माग पेश गरेका छन् । यस्तै मागपत्र बुझ्दै चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवि खड्काले बालबालिका माग लाई सम्बाेधन गर्ने बताउनुभयो । उहाँका अनुसार सबै माग लाई एकै चाेटी सम्बन्ध गर्न नसके पनि चरणबद्ध रूपमा माग पूरा गर्ने प्रतिवद्वता जनाउनु भयाे । बालबालिकाका माग लाई चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा, किर्डाक नेपाल, सेसाेक नेपालकाे संयुक्त पहलमा पूरा गरिने जनाएका छन् ।