जुम्लाको तिला ६ लाई पहिलाे पटक बालमैत्री वडा घोषणा गरियाे

के .बि अछुत ३२ जेष्ठ २०८१, शुक्रबार १५:१४

जुम्लाको तिला गाउँपालिकाकाे वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका विच शुक्रबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्यले बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे ।

बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको तिला गाउँपालिकाका अध्यक्ष माेतिलाल राेमायाले बताउनुभयो । उहाँका अनुसार ५१ ओटा सुचक अन्तर्गत ८४ प्रतिशत भन्दा बढि सुचाक पुरा गरेकोले सो वडा बालमैत्री घोष्णा गरेको अध्यक्ष राेकायाले बताउनुभयो । बालमैत्री वडा घोषणा पश्चात यहाँका बालबालिकामा विभेद,डर, त्रास र हिंसाबाट मुक्तभएकोले घाेषणा गरिएकाे बताउनुभयो ।

बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेकाे छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

वडामा भएका सबै आधारभुत कुरा पुरा गरेको वडा अध्यक्ष जंग राेकायाले बताउनुभयो । उहाँका अनुसार अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन’ । बालबालिकाका धेरै अधिकारहरु पुरा भएका छन् । अझै पनि थप काम गर्न प्रतिवद्ध रहेकाे बताउनुभयो । बाल अधिकारका बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरी चार वटा पक्षलाई मुख्य आधार मानेका छौ । वडालाई बालमैत्री घोषणाका लागि तिला गाउँपालिका, ६ नम्बर वडा कार्यालय, वल्ड भिजन ईन्टरनेष्नल नेपाल र किर्डाक नेपालकाे साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण,बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएकाे बताउनुभयो । उहाँले भन्नुभयो,

१ सय ९७ घरधुरी रहेको तिला ६ को जनसंख्या १ हजार ४ सयकाे हाराहारीमा रहेको बताउनुभयो । यस अघि यस वडा लाई २०७६ सालमा छाउगाेठ मुक्त भएकाे र २०८० बैशाख २६ गते बाल बिवाह मुक्त वडा घाेषणा भएकाे बताउनुभयो । तिला गाउँपालिकाका ९ वटा वडा मध्य वडा नम्बर ६ पहिलो बालमैत्री वडा घोषणा भएको वडा भएकाे बताउनुभयाे ।

यस्तै तिला गाउँपालिकाकि उपाध्यक्ष गाेरिकला बुढाका अनुसार बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्नकाे लागि लागि पर्ने सबै लाई धन्यवाद दिनुभयो । उहाँका अनुसार अबका ५१ वटा सुचक बाट आएका कामहरू सबैले पालना गर्नु पर्ने बताउनुभयाे । उहाँका अनुसार याे कार्यक्रममा उठेका सवालमा रहेका काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

यस्तै तिला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख गाैरि थापाले जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाकाे अनुगमन गरिएको बताउनुभयो । उहाँका अनुसार ८० प्रतिशत भन्दा माथि ५१ वटा सुचक पुरा गर्नुपर्ने

यस्तै किर्डाक नेपालकि अध्यक्ष सम्झना मल्लले सन १९८९ नोभेम्बर २० मा बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि अनुमोदन भैसकेपछि नेपाल एक पक्षराष्ट्र भएको हुदा महासन्धिले प्रबन्ध गरेका बाल अधिकारहरुलाई व्यवहारिक रुपमा प्रत्याभूत गर्ने सन्दर्भमा नीतगत, कानुनी र संरचानात्मक क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँका अनुसार बालमैत्री वडा घाेषणा गरेर मात्र नहुने हुदा आफ्नो घर बाट सुरूवात गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, याे कार्य जिल्लाका अन्य पालिकाले पनि सिकाे गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सबैले यस्ता खालका कार्यक्रम बाट आएका सवाल र सुझाव लाई व्याबाहारमा लाग्नु पर्ने बताउनुभयो । उहाले भन्नुभयो, बालबालिका सम्बन्धी ऐन २०४८, निमावली २०५१, बालश्रम निषेध गर्न बनेको ऐन २०५६ जारी गरि बाल अधिकारलाई कानूनी रुपमा व्यवस्थित गरेकाले यसकाे पालाना गर्नुपर्ने बताउनुभयाे ।

यस्तै किर्डाक नेपाल जुम्लाका जिल्ला संयाेजक दिपराज रावतले बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारलाई स्थानीय सरकारको नीति, कार्यक्रम, संरचानामा र प्रक्रियामा सस्थागत गर्ने कार्यक्रम नै बालमैत्री स्थानीय शासन कार्यक्रम रहेकाे बताउनुभयो । स्थानीय स्वयत्त शासन ऐन २०५५ र निमावली २०५६ ले बाल अधिकारको प्रवधर्न गर्ने दायीत्व स्थानीय निकायलाई प्रदान गरेकाे बताउनुभयो ।

यस्तै नि-वर्तमान उपाध्यक्ष बिष्णु बुढाका अनुसार याे कार्य कुनै चान्चुने बिषय नभएकाे बताउनुभयो । उहँका अनुसार आफ्नो पालामा बालबालिकाका क्षेत्रमा महिलाका क्षेत्रमा काम गरेकाे बताउनुभयो । उहाँले भन्नुभयो, बाटाे घाटाे खनेर मात्र बिकास नहुने भएकाले यस्ता कार्यकाे पनि सबैले सिकाे गर्नुपर्ने बताउनुभयो ।

यस्तै तिला गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ललित बुढाले बालबालिकाकाे अधिकार लाई घर, बिद्यालय बाट लागू गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार याे हामीले मात्र नभएर अबका दिनमा तिलाका अन्य वडालाई पनि बालमैत्री वडा घाेषणा गर्नकाे लागि पहल कदम चाल्नु पर्ने बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा ३९ ले बाल अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । यसरी सैवैधानिक र कानूनी रुपमा स्थापित भएको बाल अधिकारलाई व्यवहारिक रुपमा अभ्यास, अनुभुति र प्रयोग भएको सुनिश्चित गर्न नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ र घोषणा कार्यविधि २०६९ जारी गरि बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरेको हो उल्लेखित ऐन, कानुन, कार्यविधि तथा निर्देशनको मार्गदर्शनमा छेडागाड नगरपालिकाको नगर सभा २०७५ ले तिला गाउँपालिका वडा नम्वर ६ लाई बालमैत्री वडाको रुपमा विकास, विस्तार र घोषणा गर्ने निर्णय अनुसार घाेषणा गरिएको हाे । वल्ड भिजन ईन्टरनेष्नल नेपालकाे आर्थिक सहयाेग किर्डाक नेपाल सहजिकरण र तिला ६ घाेडेकाे आयाेजनामा बाल मैत्री स्थानीय शासन वडा घाेषणा गरिएको हाे ।

 

Next Post

हिमा गाउँपालिकाले ५ र ६ गते दाेर्साे पढाइ मेला गर्ने

३२ जेष्ठ २०८१, शुक्रबार १५:१४
जुम्लाको जिल्लाकाे हिमा गाउँपालिकाले पालिका स्तरीय पढाइ मेला आयोजना गरेकाे छ । विद्यार्थीहरुलाई बाहिरी ज्ञान सहित बिद्यालय स्तरमा भैरहेका पढाइ एक अर्कामा आदान प्रदान गर्ने उद्देश्यले नौलो कार्यक्रमको आयोजना गरिएकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार मेलामा पढाइ सामाग्री तथा पाठ्य पुस्तक पनि प्रदर्शन गर्ने गरिएको […]