जुम्लाको जिल्लाकाे हिमा गाउँपालिकाले पालिका स्तरीय पढाइ मेला आयोजना गरेकाे छ । विद्यार्थीहरुलाई बाहिरी ज्ञान सहित बिद्यालय स्तरमा भैरहेका पढाइ एक अर्कामा आदान प्रदान गर्ने उद्देश्यले नौलो कार्यक्रमको आयोजना गरिएकाे हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार
मेलामा पढाइ सामाग्री तथा पाठ्य पुस्तक पनि प्रदर्शन गर्ने गरिएको छ । हिमा गाउँपालिकाकाे आयाेजनामा पढाई मेलाको आयोजना गरिएको हाे । अध्यक्ष शाहीका अनुसार पालिकाका बिभिन्न बिद्यालयहरु बिचको सिकाई अवस्था एकआपसमा घुलमिल गराउने यो कार्यक्रमको उदेश्य रहेको बताउनुभयाे । उहाँका अनुसार यहि असार ५ र ६ गते गरि दुई दिन हिमा गाउँपालिकाले बार्षिक रूपमा संचालन गर्दै आइरहेको कर्णाली प्रदेशकै दोस्रो शैक्षिक पढाई मेला हुन लागेकाे बताउनुभयो ।
हिमा गाउँपालिका रूपाकाेट आधारभुत विद्यालय बाजागाडमा प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तर्गत पढाइ मेला आयोजना गरिने हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्त बहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार पढाई मेलामा शिक्षक र बिद्यार्थीहरुको भेला सगै शिक्षण सिकाईका क्रियाकलप र बिभिन्न प्रतियोगीता पनि आयोजना गरिने बताउनुभयो । पढाई मेलाले विद्यालय तथा विद्यार्थीलाई थप उर्जा हौसला थप्ने र यस्तो कार्यक्रम संचालन नभएका अन्य बिद्यालयहरुमा पनि कार्यक्रम बिस्तार गर्नुपर्ने उहाँकाे भनाइ रहेकाे छ ।