जुम्ला सिंजा ६ का वडा अध्यक्षले गरे जातिय विभेद ,प्रहरीले जाहेरी लिन मानेन

हिमशिखर संवाददाता २४ असार २०७८, बिहीबार ०७:३९

जुम्लामा दलित युवामाथि जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिरेन्द्र नेपालीमाथि जातीय विभेद र गालीगलौज  गरेका पीडितले बताएका छन् ।

वडा अध्यक्ष बुढाले गएकाे वर्ष असोजमा जुम्ला बजारमा रहेकाे रेडियो खुला आकाशकाे ‘वडाका कुरा’ कार्यक्रममा काँडागाउँमा ‘एक घर एक धाराेकाे व्यवस्था गरेकाे’ लगायत कुरा बाेलेकाे थिए।  बुढाले गाउँमा खानेपानीको योजना आएको भन्दै घर घरमा खानेपानी पुगेको दाबी गरेपछि विरेन्द्र सहित स्थानीयले विरोध गरेका थिए । सोही क्रममा विरोध गर्दा वडाध्यक्ष बुढाले दलित युवा नेपालीलाई फोन गरेर जातीय गालीगलौज गरेका थिए ।

पिडित युवाले प्रहरीलाई दिएकाे जाहेरी

असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् ।

उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले  त सार्कि हलुडा बेचिखाने ,डुम लगायतका शब्दले गालिगलाैज गरेकन  थिए । दुई जनाबीच झगडा परेपछि स्थानीयले छुटाएर घर पठाएका थिए । आफूमाथि सार्वजनिक ठाउँमा जातीय विभेद र कुटपिट भएपछि पीडित युवा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका थिए । तर प्रहरीले उजुरी दर्ता नै गरेन ।
प्रहरीले उजुरी लिन नमानेपछि पिडितले राष्ट्रिय दलित आयाेगमा जाहेरी मेल गरे ।

यस विषयमा प्रतिक्रिया दिदै राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकार्माले याे आयाेगकाे मुद्दा हाे । ‘याे हाम्राे काम हाे। हामी विभेद हुन दिदैनाैं,’ उनले भने, ‘दलित समुदाय माथि भएकाे विभेद सहेर कदापि बस्न सकिदैन।’

आयाेगका अध्यक्ष विश्वकर्माकै सल्लाहमा याे मुद्दा राष्ट्रिय मानव अधिकार आयाेगमा पनि पठाइएकाे विरेन्द्रले बताए।

पिडित युवाले राष्ट्रिय दलित आयाेगमा दिएकाे निवेदन

यसबारे आफूले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगमा जानकारी गराएको पनि उनले बताएका छन् । तर जवाफ नआएपछि आफू अन्यायमा परेको उनले बताएका छन् । यसबारे वडाध्यक्ष बुढा र जिल्ला प्रहरी कार्यालय जुम्लामा सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

Next Post

प्रहरी नै जातीय विभेदकाे संरक्षक, सिडियाे भन्छन शून्य सहनसिलता

२४ असार २०७८, बिहीबार ०७:३९
सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष कालिबहादुर बुढा र उनका छाेरा नविन बुढाले गरेकाे जातीय विभेदकाे घटनाकाे मुद्दा दर्ता हुने प्रक्रियामा प्रहरी अवरोधक देखिएकाे छ। प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खाेजेकाे पीडित विवेन्द्र नेपालीले बताए। ‘जाहेरी लिएर प्रहरी कार्यालयमा गएकाे २४ घण्टा वितिसकेकाे छ। तर […]