चीनले अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शनलगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वू छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडपसम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टकराव कम गर्न र अमेरिकी सेनाको कारबाहीबारे पत्रकार सम्मेलनमा सोधिएको आधिकारिक प्रतिक्रियाका रूपमा उक्त टिप्पणी गरेका हुन्।
वूले भने, ‘टकराव भएको वेलादेखि, अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शंका उत्पन्न गरेको छ। अमेरिकी पक्षले तीनवटा प्रश्नको स्पष्ट जवाफ दिनुपर्छ। पहिलो, अमेरिकी पनडुब्बीको नेभिगेसनको उद्देश्य के हो ? दोस्रो, टक्करको सही स्थान के हो ? अन्तमा, यसले आणविक चुहावट वा समुद्री वातावरणीय प्रदूषण निम्त्यायो कि निम्त्याएन ?’ आधिकारिक चिनियाँ सैन्य समाचार मिडिया केन्द्रले उल्लेख गरेको छ।