बत्ती बलेको दुई दिनमै हुम्लामा पुरानो समितिद्वारा पावरहाउस तोडफोड

पुष्पा बिष्ट १८ कार्तिक २०७७, मंगलवार १६:४४

हुम्ला: खार्पुनाथ गाउँपालिका(३ रायामा बत्ति बलेको दुई दिनमै पुरानो समितिले पावरहाउस तोडफोड गरेपछि गाउँमा अन्धकार छाएको छ।

२०६१ सालमा सुरु भएको आयोजनाको साबिकको राया गाविस, स्नोल्यान्ड एकीकृत विकास केन्द्र नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाको करोडौँ रकम खर्च गर्दा पनि तत्कालीन निर्माण समितिले काम नगरी रकम हिनामिना गरेपछि निर्माण कार्य अलपत्र परेको थियो।

रायाका युवाहरू जागरुक भई पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएर विद्युत निर्माणको कार्य थालेका थिए। निर्माण कार्य सम्पन्न भएर गाउँमा बत्ती बलेको थियो।

विद्युत निर्माण कार्यमा अवरोध गरिरहेको पुरोनो निर्माण समितिका अगुवाहरुले बत्ती बलेको दोस्रो दिनमै पावर हाउस तोडफोड गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

उनका अनुसार उक्त विद्युत निर्माणका लागि तत्कालीन राया गाविस र विभिन्न संघसंस्थाबाट करोडौं रकम खर्च हुँदा पनि बत्ती बलेको थिएन। रकम हिनामिना गर्दै निर्माण सामग्री समेत लुकाउने प्रयास गर्ने पुरानो समितिका युवाहरुको समहुले पावरहाउसमा तोडफोड गरेको हो।

कार्तिक १४ गते उक्त जलविद्युत आयोजनाको पूर्वमन्त्री तथा कर्णली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उद्घाटन गरेका थिए।

उद्घाटन भएको दूई दिन नहुँदै नेपाल प्रहरीका पूर्व असई समेत रहेका पुरानो विद्युत निर्माण समितिका सचिव बलवीर रावलसहितको टोलीले पावरहाउस तोडफोड गरेको हो। पावर हाउस हालसम्म मर्मत गरिएको छैन।

१७ वर्षदेखि काम गर्दा समेत बन्न नसकेको विद्युत आयोजना युवाहरूको सक्रियतामा बल्लबल्ल निर्माण गरी गाउँ उज्यालो भएको थियो। तर बत्ति बलेको दुई दिनमै तोडफोड भएपछि राया गाउँबासी फेरि पनि अध्यारोमै बसिरहेका छन् अध्यक्ष रावलले भने।

Next Post

कर्णाली राजमार्गको स्तरउन्नतीमा सरकारलाई जीम्मेवार बनाउछु:विकास समिति सभापति खड्का

१८ कार्तिक २०७७, मंगलवार १६:४४
जुम्ला: संंघिय संंसदकाेे विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले कर्णाली राजमार्गको स्तरउन्नतीमा सरकारलाई जीम्मेवार बनाउने बताएकि छन् । कर्णालीमा विकास निर्माणका गतिविधिहरुको अनुगमनका लागि जुम्ला पुगेकि सभापति खड्काले यहाँको कठिनाई बुझेर विकासलाई गति दिनुपर्ने बताएकि हुन । जुम्ला सदरमुकाममा भएकाे सराेकारवालाहरूकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति खड्काले दशकौ सम्म पनि […]

सम्बन्धित समाचार