कर्णाली राजमार्गको स्तरउन्नतीमा सरकारलाई जीम्मेवार बनाउछु:विकास समिति सभापति खड्का

रबि नेपाली १८ कार्तिक २०७७, मंगलवार २०:३५

जुम्ला: संंघिय संंसदकाेे विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले कर्णाली राजमार्गको स्तरउन्नतीमा सरकारलाई जीम्मेवार बनाउने बताएकि छन् ।

कर्णालीमा विकास निर्माणका गतिविधिहरुको अनुगमनका लागि जुम्ला पुगेकि सभापति खड्काले यहाँको कठिनाई बुझेर विकासलाई गति दिनुपर्ने बताएकि हुन । जुम्ला सदरमुकाममा भएकाे सराेकारवालाहरूकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति खड्काले दशकौ सम्म पनि कर्णाली राजमार्गको स्थिती निकै दयनीय हुनुले यहाँ राज्यको उपस्थिती कमजोर रहेको आभास भएको बताईन ।

संघीय ‘संसदमा साँसद गजेन्द्र बहादुर महतले बोल्दा हाउस नै हल्लिन्छ, किन यस्तो बोल्नुभएको होला भन्ने लाग्थ्यो, तर यहाँ पुग्दा लाग्यो त्यो बोलीले कर्णालीको कष्ट ओकलेको रहेछ ।’

कर्णाली राजमार्ग हुदै राराताल पुगेर फर्किए सभापति खड्काले प्राण दाउमा राखेर यात्रा गर्नुपर्ने अवस्थाले ’ कर्णालीमा भुगोलका आधारमा बजेट आवश्यक रहेको महसुस भएकाेले आफुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने बताइन ।

कर्णालीका जनताकाे दैनिकि देख्दा सुगम र दुर्गमका नागरिकले सरकारलाई तिर्ने कर फरक छैन तर सरकारले गर्ने व्यवहार किन फरक छ त ?’ भन्ने प्रश्न उव्जेकाे सभापति खड्काले बताइन ।

Next Post

आफूले चुनाव जितिसकेकोअमेरिकी राष्ट्रपति ट्रम्पको दाबी,बाइडेनलाई धाँधली आरोप

१८ कार्तिक २०७७, मंगलवार २०:३५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । उनले भने, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ। उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले […]