कनकासुन्दरी गाउँपालिकाले वडा नम्बर ७ का भेडा पालक किसानलाई भेडा वितरण गरेकाे छ । कनकासुन्दरी गाउँपालिकाकाे पशुपंछी शाखाकाे आर्थिक वर्ष २०८०/८१ काे बजेट बाट वडा नम्बर ७ का भेडा १८ जना किसानलाई वितरण गरिएकाे कनकासुन्दरी गाउँपालिका पशुपंछी बिकास शाखाका प्रमुख लाल बहादुर रावतले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशकाे आर्थिक वर्ष २०८०/ ८१ काे ७ लाख , लाभग्राही बाट ४ लाख २० हजार र कनकासुन्दरी गाउँपालिकाकाे २ लाख ८० हजारकाे लागतमा भेडा खरिद गरि भेडा पालक १८ जना किसानलाई भेडा वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, गडुनानी साझेदारी भेडा पकेट समुहले ९० वटा भेडा र २ वटा थुमा खरिद गरेर यस समुह भित्रका १८ जना किसानलाई एक जना व्यक्ति बराबर पाँच वटा भेडा वितरण गरिएकाे प्रमुख रावकाे भनाइ छ । उक्त समुहमा २७ जना सदस्य मध्ये पहिलाे पटकमा १८ जना भेडा पालक किसानलाई भेडा वितरण गरिएकाे छ । भने, बाँकी रहेका किसानलाई तिनवर्षाे कार्यक्रम अनुसार क्रमस तीन पटक भेडा वितरण गरिनेब बताउनुभयो ।
जुम्ला जिल्ला मध्येमा कनकासुन्दरी गाउँपालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यस भन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेकाे प्रमुख रावतले बताउनुभयाे । कनकासुन्दरी वडा नम्बर ७ भित्र पर्ने तल्लाे माथिल्लाे रानिसैन , राेकायावाडा , देवारपाट लगायतका गाउँहरुमा रहेका भेडा पालक किसानकाे समुहलाई थप भेडाकाे बिउ दिएर हौसला बढाउने, व्यवसायमा जागरुक गराउने उद्येश्यका साथ उनिहरुले धेरै भेडा उत्पादन गरेर बेचविखन गरि उनिहरुकाे आयआर्जनमा याे कार्यक्रमले टेवा पुर्याउने उदेश्यका साथ भेडा दिएकाे रावतले बताउनुभयो ।



