जुम्लामा एन्फा जिल्ला लिग सुरु, आज चार खेल हुने ।

के .बि अछुत २१ जेष्ठ २०८१, सोमबार ०८:१०

जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा ‘एन्फा जिल्ला लिग २०८१’ आईतवार देखि सुरु भएको छ । जुम्लाको खेल क्षेत्रकाे बिकासका लागि संचालन भएकाे लिग चरणकाे खेल जेष्ठ २९ गते सम्म संचालन हुने आयाेजक जुम्ला जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।

उक्त प्रतियोगिता आईतवार जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्याकाे प्रमुख आतिथ्यमा प्रतियोगिताका रेफ्री राजेन्द्र बुढथापालाई बल हस्तान्तरण गरेपछि लिग सुरु भएको हो। कुल ११ वटा टिम सहभागी भएको लिगमा कुल २८ वटा खेल हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताउनुभयाेल। उहाँका अनुसार समाज सुधार युवा क्लब र पातरासी युवा क्लब बीच भएको उद्घाटन खेलमा पातरासी २ गोलले विजयी भएको बताउनुभयो ।

उहाँले भन्नुभयाे, आज दाेस्राे दिन पनि चार वटा खेल हुने भएका छन् । पहिलाे खेल बिहान ९ बजे फाेईकालिका युवा क्लब र चन्दननाथ युवा क्लबका बिच हुने महासचिव हमालले जानकारी दिनुभयो । यस्तै आजकै दाेस्राे खेल दिउसाे १२:०० बजे ढाँण थपला युवा क्लब र याेग स्टार युक्लका बिच प्रतिस्पर्धा हुनेभएको छ भने ३:०० बजे लेकाली युवा क्लब र समाजका लागि युवा क्लब खेल्ने छन् । भने आकाे अन्तिम खेल ५:०० बजे भैरबनाथ युवा क्लब र नाैमुलि युवा क्लबका बिच खेल हुने हमालले जानकारी दिनुभयाे ।

एन्फा जिल्ला लिग अब नियमित रुपमा हरेक वर्ष चलाउने वातावरण तयार पार्न लागि परेको एन्फा केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताउनुभयाे ।

 

Next Post

हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ, आज विश्व वातावरण दिवस मनाइँदै 

२१ जेष्ठ २०८१, सोमबार ०८:१०
हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ । दिवसका अवसरमा […]