कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वाेच्चकाे आदेस

हिमशिखर संवाददाता २९ आश्विन २०७७, बिहीबार २०:१६

काठमाडौँ:सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।

Next Post

अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता भीषण लडाइँ जारी

२९ आश्विन २०७७, बिहीबार २०:१६
काबुल :अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता जारी भीषण लडाइँका कारण कम्तीमा ३५ हजार स्थानीय विस्थापित भएका छन् । गत महिना अफगान सरकार र तालिवानबीच सुरु भएको शान्ति वार्तापछि दुवै पक्षबीच पहिलो पटक भीषण लडाइँ भएको हो । दुवै पक्षबीच कतारको राजधानी दोहामा वार्ता जारी छ । पछिल्लो समय […]