जुम्लामा निर्वाचन सामाग्री बाेकेकाे जिप दुर्घटना

हिमशिखर संवाददाता १ मंसिर २०७९, बिहीबार १९:३३

जुम्लाकाे तिला गाउँपालिका वडा नम्वर ४ मा निर्वाचन सामाग्री बाेकेकाे जिप दुर्घटनामा परेकाे छ। आज त्रिवेणी बाट भेरिखाेला तर्फ जाँदै गरेकाे भे १ च २१८८ नम्वरकाे बाेलेराे जिप दुर्घनामा पर्दा ६ जना घाइते भएका छन्।

घाइते मध्ये २ जनाकाे अवश्था गम्भीर रहेकाे जिल्ला प्रहरि कार्यालय जुम्लाले जानकारि दिएकाे छ। आज दिउसाे साढे २ बजे आसपास जिप दुर्घटनामा पर्दा ३ जना प्रहरी र ३ जना कर्मचारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जाेशिले बताएका छन्।

घाइतेकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ। घाइतेको विवरण खुल्न भने बाँकि छ।

Next Post

फेरि रवीन्द्र मिश्रलाई रोक्दै काठमाडौं-१बाट प्रकाशमान सिंह विजयी

१ मंसिर २०७९, बिहीबार १९:३३
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले […]

सम्बन्धित समाचार