फेरि रवीन्द्र मिश्रलाई रोक्दै काठमाडौं-१बाट प्रकाशमान सिंह विजयी

हिमशिखर संवाददाता ६ मंसिर २०७९, मंगलवार ०२:५६

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए ।

यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

Next Post

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीकाे अग्रता कायमै

६ मंसिर २०७९, मंगलवार ०२:५६
जुम्लामा ४४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले २६०० मत सहित अग्रता लिइरहेकाछन्। त्यस्तै नेकपा माओवादीकी गोमा कुँवरले १०५० मत सहित दास्राे स्थानमा छिन । एमालेका रतन नाथ योगीले ४४७ मत पाएका छन् भने नेमकिपाका डिल्ली काफ्लेले ६५ मत पाएका छन्। त्यस्तै जुम्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार […]

सम्बन्धित समाचार