जुम्लामा ४४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले २६०० मत सहित अग्रता लिइरहेकाछन्।
त्यस्तै नेकपा माओवादीकी गोमा कुँवरले १०५० मत सहित दास्राे स्थानमा छिन ।
एमालेका रतन नाथ योगीले ४४७ मत पाएका छन् भने नेमकिपाका डिल्ली काफ्लेले ६५ मत पाएका छन्।
त्यस्तै जुम्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले लिड गरिरहेका छन्।
४९२७ म तगणना गर्दा उनले १८२८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका धिरेन्द्रराज गिरीले १३५३ मत प्राप्त गरेका छन्।
त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ललितजंग शाहीले १३०२ मत प्राप्त गरेका छन् भने नेमकिपाका राजेश्वर देवकोटाले १९० मत प्राप्त गरेका छन् ।