रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो

हिमशिखर संवाददाता १ पुष २०७९, शुक्रबार ०७:४०

रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ ।

आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली चलाएको दाबी गर्नुभएको छ ।

रुसी सेनाले गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसबेला झण्डै तीन लाख जनसङ्ख्या भएको खेरसन सहरलाई कब्जामा लिएको थियो । तर युक्रेनको सेनाले गएको नोभेम्बरमा यो सहरलाई आफ्नो कब्जामा लिएको थियो । खेरसन सहरमा रुस र युक्रेनका सेनाबीच दोहोरो आक्रमण भइरहेको समाचार संस्था एएफपीले जनाएको छ ।

Next Post

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त

१ पुष २०७९, शुक्रबार ०७:४०
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजयसँगै पोर्चुगल बाहिरिएको थियो। पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो। ६८ […]

सम्बन्धित समाचार