सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

हिमशिखर संवाददाता १२ बैशाख २०७८, आईतवार ११:३७

सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो ।

Next Post

एकैदिन कर्णालीमा ८ कोरोना संक्रमितको मृत्यु

१२ बैशाख २०७८, आईतवार ११:३७
शुक्रबार कर्णालीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा आठ कोरोना संक्रमितको मृत्यु भएको हाे। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ५ सुर्खेतका ६३ वर्षीय, वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ४५ वर्षीय, वीरेन्द्रनगर वडा नं.८ का ६३ वर्षीय, […]