कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी प्रदेश संसदीय दलकाे अपिल

रबि नेपाली २ बैशाख २०७८, बिहीबार २२:२६

सरकार गठनका लागि २० जना सांसद आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो। सभामुख संग निर्णायक भाेट नहुने हुदा एमालेलाई एक जना अपुग हुनेछ भने माओवादी केन्द्र , ने.का र राप्रपा सबै मिल्दा पनि एक जना अपुग हुनेछ ।

कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन। यसका लागि मुख्यमन्त्रीले एमालेका केही सांसदलाई आफ्नो पक्षमा लिएर ‘फ्लोर क्रस’ गर्नुपर्ने हुन्छ।

त्यसैले नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलले प्रदेशमा वर्तमान सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ।

संसदीय दलले संसदको सातौं अधिवेशन संचालन हुनुको एक दिनअघि बिहीबार सार्वजनिक अपिल गरेको हो। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको हो।

‘समग्र राजनीतिक परिवर्तन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ,’ संसदीय दलका प्रमुख सचेतक सिता नेपालीद्वारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ।

Next Post

एमाले, माओवादीलाई काँगेसकाे भर, काँग्रेसलाई केन्द्रकाे भर

२ बैशाख २०७८, बिहीबार २२:२६
यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्थामा छ। कर्णालीकाे प्रमुख राजनीतिक दल एमाले आफ्नाे सरकार बनाउने धाउन्नमा छ। यता नेकपा माओवादी केन्द्र भने मुख्य मन्त्री महेन्द्रबहादुर शाहीकाे सरकारलाई यथावत् राख्ने बल लगाइरहेकाे छ। त्यसै अनुरुप बिहिवार दुई बजे मुख्यमन्त्री शाही विश्वासकाे मत लिने तयारी गरिरहेका छन्। यसै अनुरुप माओवादी संसदीय दलले […]

सम्बन्धित समाचार