अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै

हिमशिखर संवाददाता २५ बैशाख २०७९, आईतवार १८:१९

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्न थालेको पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पताल भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन्।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ। पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोनाजन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार रहेको जनाएको थियो। यो संख्या अमेरिकाका सबै अस्पतालको हो। तर, यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि समाचारमा जनाइएको छ।

Next Post

कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चियो :एमाले अध्यक्ष ओली

२५ बैशाख २०७९, आईतवार १८:१९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा ‌नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताएका हुन् । नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै […]

सम्बन्धित समाचार