५ दिन पछि जुम्लामा घाम लाग्याे

महेश चाैलागाँई ४ कार्तिक २०७८, बिहीबार १६:५८

५ दिन पछि आज मैसममा परिवर्तन आयको छ। लगतार पानी का कारण देशका विभिन्न ठाउँमा क्षेति पुर्याएकाे छ।

धानबाली भित्र्याउने समयमा आएकाे पनिले कतै खेत डुबानमा परेका छन् भने कतै खेतनै बगाएकोछ।

यस्तै अविरल बर्षाकाे कारण कराेडाैकाे भाैतिक संरचना भत्काएकाे छ ।
अवरल बर्षाकाे कारण भित्र्याउन लागेकाे धान खेतमै पानिमा डुवेकाे कारण किसानहरू भाेकमरिमा पर्नेमा चिन्तित बनेका छन् ।

जुम्लामा मात्रै करिब ६ कराेड बराबरकाे धानबालीमा क्षेति पुर्याएकाे कृषि विकास कार्यलय जुम्लाका प्रमुख बालकराम देवकोटाले वताए ।

Next Post

जुम्लामा भालुकाे आक्रमणबाट एक महिलाको मृत्युु

४ कार्तिक २०७८, बिहीबार १६:५८
जुम्लाको तातोपानी गाउँ पालिका वडा न ४ खल्लाकाे जङ्गल मा भालुकाे आक्रमणबाट आज बिहान करिब ११ बजे एक महिला को मुत्यू भएको छ । मुत्यु हुनेमा सोही गाउँ पालिका वडा नं ५ कि रुद्रा डाँगी रहेकाे जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ । प्रहरीका अनुसार भालु नदिबाट पानी खाएर जंगल पसेकाे […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।