विमान दुर्घटना अपडेट: दुई जनाकाे जीवितै उद्धार

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १५:००

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट दुई जनालाई जीवितै उद्धार गरिएकाे छ।

बीबीसी नेपाली सेवाका अनुसार आइतबार बिहान भएकाे दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको छ। तर उनीहरूको अवस्था गम्भीर रहेको छ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए।

दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ।

Next Post

विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा

१ माघ २०७९, आईतवार १५:००
पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ। शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन्। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ। दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको […]

सम्बन्धित समाचार